‘हेफरसँग सन् २००३ मा जम्मा तीन हजार एक सय परिवार मात्र थिए । हामीले विस्तारै परिवार थप्दै गयौँ । हाम्रो कार्यक्रम फैलाउन र कार्यान्वयन गर्न हेडक्वाटरले पनि आर्थिकरुपमा निकै ठूलो सहयोग गरेको थियो । यसलाई जागिर भन्दा पनि अवसरको रूपमा लिएर हाम्रो टिमले निकै मेहेनत गर्याे । अहिले तीनहजार एक सयबाट चार लाख ७१ हजार परिवार भएका छौँ । सानोबाट ठूलोमा जाँदा गुणस्तर घट्ने जोखिम सधैँ हुन्छ । तर हामीले संख्यामा मात्र नभएर परियोजनाको विस्तारसँगै विभिन्न कमिटी बनाएर, सबैलाई समेटेर पारदर्शी पनि बनाएर गुणस्तरसहित विस्तार गरेका छौँ ।’
डा. तीर्थराज रेग्मी /राष्ट्रिय निर्देशक (हेफर इन्टरनेशनल नेपाल)
‘हेफर इन्टरनेशनल नेपाल’ साना किसानको दिगो विकासमा सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । ‘भोकालाई भोजन हैन् जीउने जुक्ती सिकाऊ’ भन्ने ‘ड्यान वेस्ट’को अवधारणा नै हेफरको सुरुवातको पहिलो पाइला हो । सन् १९४४ मा स्पेनिस गृहयुद्धको समयमा ‘चर्च अफ द ब्रेथरेन’ राहत कार्यकर्ताको रुपमा काम गर्दा, वेस्टले मानिसलाई खाना दिनुमात्र पर्याप्त नरहेको महसुस गरे । परिवारलाई पशुधन उपलब्ध गराउँदा दीर्घकालीन खाद्यर आयको स्रोत प्रदान गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगे ।
अमेरिका फर्किएपछि वेस्टले आफ्नो विचार चर्च र समुदायलाई सुनाए । त्यसपछि हेफर फर रिलिफ नामक संस्थागठन भयो । जसलाई पछि ‘हेफर इन्टरनेशनल’को नाम दिइयो । सहयोगको उद्देश्यले उपलब्ध गराइएको पशुले धेरै परिवारलाई आत्मनिर्भर बन्न मद्दत पु¥यायो । उनीहरूले पशुहरू पाल्नका लागि तथा दूध र मासुको लागि प्रयोग गर्न अन्य समुदायलाई दिन थाले । यहिँबाट ‘पासिङ अन गिफ्ट’(उपहार पास गर्ने) कुराको पनि सुरुवात भएको थियो । त्यसपछि ‘पासिङ्ग अन गिफ्ट’को सिद्धान्त हेफर इन्टरनेशनलको दृष्टिकोणको मुख्य अंश बन्यो । दशकौंसम्म यो संस्थाले विभिन्न प्रकारका पशुधन, कृषि तालिम र समुदाय विकास र अन्य परियोजनाहरू समावेश गर्दै दिगो विकास र आत्मनिर्भरता प्रवर्द्धन गरेर संसारभर लाखौँ मानिसलाई सहयोग गरिरहेको छ ।
नेपालमा हेफर इन्टरनेशनलले सन् १९५७ मा नेपाल सरकारको अनुरोधमा उन्नत जातका गाई, भेडा, सुँगुर, कुखुरा र ‘इन्क्युबेटर’ पनि प्रदान गरेरकाम सुरु गरेको हो ।तर,आधिकारीकरुपमा समाज कल्याणमा भने सन् १९९७ मा दर्ता भएको हो । यसले ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रमसञ्चालन गर्दै आएको छ । यसले महिला सशक्तिकरण, बालबालिकाको शिक्षा र वातावरणीय संरक्षणलाई मुख्य उद्देश्य बनाएर जीविकोपार्जनमा सहज कायम गर्न काम गर्दै आएको छ ।
पशु चिकित्सकमा सरकारी सेवाको अनुभव संगालेर हेफरमा २१ वर्षदेखि डा. तीर्थराज रेग्मी कार्यरत छन् । डा. रेग्मी अहिले हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशकका रुपमा कार्यरत छन् । हेफरले नेपालले सञ्चालन गरिरहेको परियोजनाहरुका बारेमा, परियोजना सञ्चालन गर्दा आउने चुनौती र यसबाट परेको प्रभाव तथा नेपालको कृषि क्षेत्रका बारेमा केन्द्रित भएर राष्ट्रिय निर्देशक डा. रेग्मीसँग नविना बस्नेतले गरेको कुराकानीको सार :
हेफर इन्टरनेशनलले अहिलेग्रामीण क्षेत्रमा के र कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
हेफर इन्टरनेशनल नेपालको मुख्यरुपमा तीनवटा कार्यक्रमसञ्चालन गरिरहेको छ । जस मध्य स्ट्रेनथेनिङ्ग स्मलहोल्डर्स इन लाइभस्टक भ्यालु चेन’ (एस.एल.भि.सि) एउटा प्रमुख कार्यक्रम हो । हेफरले यो परियोजना अन्तर्गत करिब डेढ लाख परिवारलाई सहयोग गर्दै आएको छ । यो कार्यक्रमले गोठ, डेरी, तरकारी र लोकल पोल्ट्रीबाट कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ । यसको उद्देश्य नेपाललाई खसिबोकामा आत्मनिर्भर बनाउने हो । सुरुमा वार्षिक डेढ लाख खसीबोका बजारमा ल्याउने योजना थियो । अहिले वार्षिक तीन लाखभन्दा बढी खसिबोका आउने गरेका छन् । नेपाल सरकारको कृषि मन्त्रालयले यो कार्यक्रम सञ्चालन गरेको सहकारी र समुदायलाई खसिबोकामा आत्मनिर्भर बनाउने काममा योगदान गरेको भन्दै पुरस्कृत समेत गरेको छ । विशेष गरी विदेशबाट आयात हुने खसिबोका प्रतिस्थापन गरि नेपालको अर्बौं रकम बाहिर जानबाट रोक्न पूर्णरुपमा सहयोग पुगेको छ ।
सुरुमा दूधको क्षेत्रमा पनि नेपालमा आयात हुने दूधको १० प्रतिशत प्रतिस्थापन गर्ने योजना थियो । अहिले २५ प्रतिशतको हाराहारीमा पुगेको छ । तरकारीको क्षेत्रमा पनि विभिन्न आधारहरू तयार भइराखेका छन् । बजारको पूर्वाधार बनाउन तरकारी प्रशोधन केन्द्र, अदुवा,बेसारर डेरी प्रशोधन केन्द्रहरू पनि तयार भएका छन् । तरकारीको हकमा सरसफाइ, ग्रेडिङ, प्याकेजिङ र अझ केही ठाउँमा त ओजोन वाससमेत हुने गरेको छ । अदुवाको सुठो जर्मनमा प्रमाणिकरण भएर विदेश पनि निर्यात हुन थालेको छ ।
अर्को परियोजना एन.जि.पि (नेपाल गभरमेन्ट पार्टनरसिप) हो । यो परिवर्तनशील परियोजना हो । नेपाल सरकार र हेफरको समानान्तर लगानीको मोडलमा सरकारको तर्फबाट पैसा आफैँ लगानी गर्ने र हेफरले आफ्नो पैसा आफैँ लगानी गर्ने परिपाटीमा सन् २०१२ बाट सुरु भएको हो ।
त्यसो गर्दा बजेट जारी हुने समयमा समीकरण नहुने र कामको तालमेल नमिल्ने भएकाले एउटै ठाँउबाट बजेट जाओस भन्ने हो । यो सोचेर पहिला ७५ प्रतिशत नेपाल सरकार र २५ प्रतिशत हेफरको लगानी हुने भनिएपनि पछि ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत हेफरको लगानी हुने तर पैसा हेफरको खातामा आउने र गैर सरकारी संस्थाहरुको माध्यमबाट काम गर्ने भनेर सहमति भयो ।
यो परियोजना विशेषगरी पशुपालन र कृषिमा आधारित छ । यसअन्तर्गत सामाजिक रुपान्तरणको आधार तयार गर्ने, आयआर्जनको काम गर्ने, सहकारी निर्माण गर्ने र उक्त सहकारीलाई उत्पादन र बजारिकरण गर्नसक्ने बनाएर छाड्ने जस्ता काम पर्छन् । नेपालका ९० वटा पालिकामा सञ्चालनमा रहेको परियोजनाबाट ८० हजार परिवार लाभान्वित भएका छन् । यसबाट स्थानीय सरकार पनि निकै आकर्षित भएका छन् ।
अर्का महत्वपूर्ण परियोजना‘मिल्की वे’ हो । एस.एल.भि.सि.अन्तर्गत डेरीको क्षेत्रमा केही मात्रामा काम भएको छ । यो परियोजनाले नेपालको डेरी क्षेत्रलाईनै रुपान्तरण गर्ने लक्ष्य राखेको छ । हेफर इन्टरनेशनलको अनुरोधमा नेपाल सरकार, हेफर कोरिया र कोरीयाली सरकारको समन्वयमा नेपाललाई अत्यन्त उन्नत नस्लका १०० होलिस्टिन बाछी र ८ वटा साँढे नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा ५० किसान परिवारलाई ८० वटा गाई वितरण गरी त्यहाँ मोडल डेरी भिलेजको पनि स्थापना गरिएको छ । त्यहाँबाट उत्पादन हुने साँढेलाई चाहि राष्ट्रिय पशु प्रजनन् केन्द्रहरूमा पठाउने र साँढेहरूबाट उत्पादन हुने वीर्यलाई देशव्यापिरूपमा क्रसब्रेड गाईमा कृत्रिम गर्भाधान गराउने योजना रहेको छ । यसरिक्रसब्रेडबाट उत्पादन हुने बाछा÷बाछी धेरै उत्पादनशील हुन्छन् । सन् २०२८ सम्म २ लाख परिवारसम्म पुग्ने हेफरको योजना छ ।
अहिले पनि सबैजसो साँढे र २० वटा बाछी राष्ट्रिय पशु प्रजनन् केन्द्रहरू जीरी, रामपुर, पोखरा र लाहानमा राखिएका छन् । पहिलो मोडेल डेरी भिलेज सिन्धुलीमा स्थापना भएसँगै उत्पादन भएका बाछीहरू अन्त पनि वितरण गर्ने र साँढेहरूलाई राष्ट्रिय पशु प्रजनन् केन्द्रमा वीर्य उत्पादन गराउने र हेफरसँगै सरकारको प्रयासमा देशव्यापि बनाउने योजना छ । नेपालमा उत्पादन भएका डेरी सामाग्रीहरूको गुणस्तर विदेशी उत्पादनको तुलनामा कम गुणस्तरको हुने गरेकोले विदेशी उत्पादननै खोज्ने गरिएको छ । त्यसकारण नेपालका डेरी विकास बोर्डसँग मिलेर गुणस्तरीय उत्पादन बढाउने योजना छ । यो परियोजनाले लाखौँ गाईको नस्ल सुधार पनि गर्नेछ ।
नेपालमा ७३ लाख गाई रहेको तथ्याङक छ । त्यसमा १६ प्रतिशत गाईले मात्र दूध दिन्छन् ।स्थानीय लोकल गाईको दूध उत्पादन निकै कम छ । बाँकी गोरु र अनुत्पादनशील गाई छन् । क्रसब्रेड गाईको प्रतिबेत उत्पादन दुई हजार आठसय लिटरसम्म छ । होलिस्टिन गाईको उत्पादन १० हजार लिटरसम्म छ । नेपालको अन्य प्रजातिको गाईसँग क्रसब्रेड गराउँदा पनि यिनिहरूको उत्पादन ४२ सय लिटर पुग्छ । जुन दुई हजार आठसय लिटरको ५० प्रतिशत बढी हो । यसरी नेपाल दूध र दुधजन्य उत्पादनमा आत्मनिर्भर भई निर्यातसमेत गर्न सक्छ । यो नेपालको दुग्ध क्षेत्रमा हुने ठूलो क्रान्ती हो ।
यी तीन मुख्य परियोजनासँगै अरु साना साना विभिन्न परियोजनाहरू पनि सञ्चालनमा छन् ।
हेफर इन्टरनेशनलले पशु र कृषि अभ्यासमा दीगोपन र उत्पादकत्व कसरी सुनिश्चित गर्छ ?
साना किसानको नाराले मात्र काम नगर्ने रहेछ । स–साना कुराले उत्पादन सजिलै बढाउन सकिनेरहेछ । जनावरको उत्पादन बढाउनउनीहरूको खानामा ध्यान दिन निकै जरुरी छ । राम्रो घाँस तथा खान दिने हो भने दाना घटाएर लागत कम गरेर पनि उत्पादनवृद्धि गर्न सकिन्छ । हामीले पोषिलो घाँस लगाउने, कोषे, अकोषे जातका घाँस रन्युटिसियस घाँस अठार हजार हेक्टर जमिनमा लगाएर एउटा अभियाननै सञ्चालन ग¥यौँ । दानामा भन्दाघाँसमा आधारित पशुपालनमा जोड दियौँ । घाँसका विभिन्न प्रजातिसमेत परिचित गरायौँ । अर्का महत्वपूर्ण कुराबासस्थान पनि हो, गाईभैँसी यदि सजिलोमा बस्न पाएनन् बिझाउने ठाँउमा बसे भने एक पटकमा करिब आधा लिटरसम्म दूध घटाउँछन् । त्यसैले वातावरणीय प्रभाव र सहजता दुवैलाई मध्यनजर गरेरसजिलै पास हुने किसिमको सुधारिएको गोठ बनाएका छौँ । यसले उत्पादकत्व बढाउन मद्दत गर्छ ।
प्रजनन् प्रणालीमा पनि सुधार ल्याएका छौँ । नेपालमा खसिबोकाको सन्दर्भमा बोका अलि राम्रो भयो भने खसी पार्नेअनि अलि झ्याउरे खालको छ भने बोकानै राख्ने चलन छ, यसबाट गुणस्तरहीन प्रजनन् हुन्छ । गुणस्तरहीन बच्चा जन्मन्छ । यो भनेको नेगेटिभ सेलेक्सन हो । यसले बाख्राको गुणस्तर घट्दै गएको हो । नेपालको बाख्राको प्रजाति निकै राम्रो प्रजाति हो । छिटो छिटो ब्याउने, एक पटकमा एउटाभन्दा बढी बच्चा जन्माउने, सानो जातको पनि हुने र रोगपनि कम लाग्ने हुन्छन् । अहिले हामीले पाँचवटा ठाँउमा ‘कमिटी इनिसियटेड जेनेटिक इम्प्रुभमेन्ट इन गोट’ भनेर समुदायलेनै कम्तीमा राम्रा इतिहास भएका ५०० वटा बाख्रा छनोट गरेर त्यसबाट जन्मेको पाठापाठीर बोकाको हकमा २० प्रतिशत मात्र प्रजनन्मा प्रयोग गर्ने गरी पाँचवटा ठाँउमा किसानको लागि अनुसन्धान केन्द्र राखेर काम गरिराखेका छौँ । यसबाट उच्च नस्ल भएका बोका र पाठीबाट मात्र प्रजनन् गराउछौँ र उत्पादन गर्छौं ।
अर्को हो, बजारिकरण । १० देखि ११ महिनामै बेच्न मिल्ने गरी किसानलाई नाफा हुने गरी बजारमा राम्रो व्यवस्थापन गरेका छौँ । छोटो समयमानै तौल बढाएर बिक्री गर्ने तालिम पनि दिएका छौँ । त्यस्तै पशुस्वास्थ्यको कुरामा ध्यान दिने, समयमानै जुकाको औषधि खुवाउने अझ वर्षामा एक÷एक महिनामै खुवाउनुपर्छ । समयमा नै भ्याक्सिन लगाउने र बीमा गर्नेजस्ता कामगरिरहेका छौँ । जसले उत्पादकत्व बढाउन सहयोग गर्छ ।
तरकारीमा पनि राम्राराम्रा बिउ मात्र प्रयोग गर्ने र जुन सिजनमा तरकारी धेरै उत्पादन भएर किसानले मूल्य पाउँदैनन् त्यसलाई अलि फरक गरेर छिटो वा ढिलो निकाल्ने गर्नुपर्छ । जसले गर्दा किसानले मूल्य पाउँछन् र बजारको समस्या पनि हुँदैन । अहिले बजारमा विकसित बिउ आइसके पनि किसान जानकार हुँदैनन् । त्यसका लागि किसानलाई प्रविधिसँग जोडने काम र प्राविधिक सहयोग दिने काम भइरहेको छ । स्थानीय तहमानै भेटेनरी सेवा र कृषि सम्बन्धि सेवा दिने प्रविधिक ‘कम्युनिटी एग्रोभेट आन्टरपेनर्स’(केभ) भनेर ८०० जना तयार गरेका छौँ ।
उनीहरूले सस्तो र सहज रूपमानै सेवा दिने गरेका छन् । स्थानीय तहमै किसानको संगठन तयार गरेर सहकारी निर्माण गरेका छौँ । सहकारीको क्षमता अभिवृदि गरी सहकारीले बजारीकरण गर्ने, बैंक तथा वित्तिय संस्थासँग सहकार्य गर्ने पुँजी उपलब्ध गराइदिनेगरेको छ सहकारीले अन्य स्थानीय सरोकारवालाहरूसँग सहकार्य गर्ने र बीमाको काम पनि गर्ने काम गर्छन् । यस्ता सहकारी २९० वटा छन् । यी सहकारीको वर्षको कारोबार १७ अर्ब रुपैयाँजति रहेको छ । हेफरले छोडिसकेपछि पनि यस्तै सहकारीले किसानहरूलाई संगठित गर्दै लैजानेछ जसले त्यहाँको स्थानीयको जिविकोपार्जनमा थप टेवा पुग्नेछ ।
हेफर इन्टरनेशनलले पशुधन र कृषि कार्यक्रममा लैङगिक समानता र महिला सशक्तिकरणलाई कसरी एकीकृत गर्छ ?
हाम्रा सम्पूर्ण कार्यक्रममा महिलाको प्रतिनिधित्व गराउँछौँ । तर यो कार्यक्रम महिलाका लागि मात्र भने होइन, सम्पूर्ण परिवारकै लागि हो । महिलामार्फत काम गरेपनि पुरुषलाईपनि तालिम दिने र युवालाई पनि समेट्ने र प्रशिक्षण दिने काम गर्छौं । आय–आर्जन र रुपान्तरणमा सिङ्गो परिवार लावान्भित हुन्छ तर प्रतिनिधित्व भने महिलालेनै गर्नुपर्छ । अहिले करिब २० हजार महिला समूह छन् । त्यो समूहमा महिलाको प्रतिनिधित्व हुनै नसक्नेबाहेक अरु परिवारमा महिलाकै नेतृत्व गराउँछौँ । २० हजार समूह र २९३ वटा सहकारी सबै महिलाले नै नेतृत्व गरिराखेका छन् । महिलाले समान अवसर नपाएकाले महिलालाई प्राथमिकतामा राख्यौँ भने विभेद अन्त्य गर्न पनि सजिलो हुन्छ र अर्को महिलाको नेतृत्वमा काम गर्न सहज पनि हुने भएकाले पनि महिला नेतृत्व खोजेका हौँ । आयआर्जनमा मात्र नभई विभिन्न निकायका नेतृत्वहरूमा पनि महिलाको समान उपस्थिति पनि बढाएको छ । महिला सशक्तिकरणका लागि हामी अहिले ४ लाख ७१ हजार परिवारमा पुगेका छौँ ।
हेफर इन्टरनेशनलले ग्रामीण समुदायमा आफूले गरेको समग्र सहयोग र परियोजनाको प्रभावलाई कसरी मापन गर्छ ?
हामीले आफ्नो परियोजनाको मूल्यांकन आफ्नै ‘मेकानिजम’ बनाएका छौँ । एउटा कार्यक्रम सञ्चालन भएको समुदायमानै प्रोजेक्ट म्यानेजमेन्ट कमिटी (पि.एम.सि) भनेर कमिटी गठन गरिएको छ, जहाँ परियोजनाकै सदस्यहरू समावेश गरिएका हुन्छन् । कहिले काम गर्ने, के खरिद गर्ने, कहाँ खरिद गर्ने, कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने योजनामा पनि त्यही कमिटी बाट नै काम हुन्छ । यसरी कामगर्दा कार्यक्रमको प्रभावकारिता र पारदर्शितामा परियोजनाकै सदस्यहरू संलग्न हुन सक्छन् ।
अर्को गाँउपालिकास्तरमा पि.एम.सि.सि (प्रोजेक्ट मोनिटोरिङ कोअर्डिनेशन कमिटी) पालिका अध्यक्षको संयोजकत्वमा र वार्ड स्तरमा वडाअध्यक्षको संयोजकत्वमा पनि कमिटी गठन भएको छ । यो कमिटीले ४–४ महिनामा मिटिङ गर्ने र फिल्ड भिजिट गर्छ । त्यसले कार्यान्वयन गरेको परियोजनामा ठिक ढङगले काम भएको छ÷छैन, सुधार गनुपर्ने के–के छ, राम्रो भैराखेको छ भने अर्को ठाँउमा कसरी लैजानेजस्ता कुराहरुलाई प्रत्यक्ष रूपमा त्यँहाका जनप्रतिनिधि, मेयर, कर्मचारी, वडाअध्यक्ष र विषयगत शाखाका प्रमुख सबैले हेर्नुहुन्छ । साझेदार संस्थाले मात्र नभई सरकारले पनि निरन्तर र नियमित रूपमा हेर्ने र सुधार गर्ने कामले परियोजनालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्छ ।
केन्द्रीय स्तरमा सेन्टर टेक्निकल को–अर्डिनेशन कमिटी, पशुलेखा विभागको महानिर्देशकको संयोजकत्व र अफिसहरूको पनि सहभागितामा बनेको छ । समाजकल्याण परिषद्अन्र्तगत पनि हाम्रो कार्यक्रमको अवलोकन र मूल्याङकन भइराखेको छ । त्यस्तै, हामी आफैँले पनि आन्तरिक मूल्याङकन गरिराखेका हुन्छौँ । यसले हाम्रो परियोजनाको प्रभावकारिता र पारदर्शितालाई सहजै देखाउँछ । हाम्रा परियोजना, परियोजना स्थलको अनुगमन र धेरै मूल्याङकन होस् भन्ने हामी चाहन्छौँ ।
नेपालमा हेफर इन्टरनेशनलका परियोजनाहरूका लागि मुख्य आयस्रोत के हो र तपाईं यसको दिगोपन कसरी सुनिश्चित गर्नुहुन्छ ?
हेफरको मुख्य आयस्रोत हाम्रो हेडक्वाटरले उपलब्ध गराउने सहयोगनै हो । समुदायलाई सहयोग गरेबापत हेफरले कुनैपनि शुल्क वा सहयोग समुदायबाट फिर्ता लिँदैन । अहिले हेफर इन्टरनेशनलबाट मात्र नभई नेपाल सरकार र स्थानीय सरकारले पनि सहयोग गरिराखेका छन् । सरकारबाट अहिलेसम्म करिब एक अर्ब रुपैयाँ सहयोग आइसकेको छ । चार अर्ब रुपैयाँको प्रतिबद्धता पनि पाएका छौँ । जुन सरकारबाट स्वीकृत भएका परियोजनाहरूका लागि हो । स्थानीय सरकारसँग सहकार्य गरिरहेका कार्यक्रममा स्थानीय सरकारले पनि सहयोग गरिराखेको छ । हेफर ‘हेडक्वाटर’,नेपाल सरकार र स्थानीय सरकारबाहेक प्यारालल को–फन्डिङको रूपमा अरु निकाय र सामाजिक संघसस्थाबाट आउने सहयोग पनि हो । त्यस्तै साना–साना परियोजनाहरूका लागि, ‘हाम्रो नेपाल’ भन्ने लोकल संस्था पनि छ । त्यसले हेफरबाहेक विभिन्न विश्वविद्यालय, रिसर्च सेन्टर र अरुसंस्थाहबाट पनि लगभग एक वर्षमा १०–१५ करोड जति ल्याएका छौँ । यो पनि हेफरको आयस्रोत हो ।
दुई दशकको अनुभवमा तपाईंले सुरुवात गर्दा र अहिले के के परिवर्तन पाउनुहुन्छ ? कस्ता चुनौती सामना गरेको अनुभव छ ?
सन् २००३ मा हेफरमा आबद्ध भएको थिए । त्यतिबेला नेपाल सरकारको जागिर छाडेर जोडिन आएको थिएँ । त्यतिबेला हेफरको सबैकुराठिक लाग्थ्यो । तर एकदमै सानो स्केलमा काम गरिराखेको थियो । हेफरसँग सन् २००३ मा जम्मा तीन हजार एकसय परिवार मात्र थिए । हामीले विस्तारै परिवार थप्दै गयौँ । हाम्रो कार्यक्रम फैलाउन र कार्यान्वयन गर्न हेडक्वाटरले पनि आर्थिकरुपमा निकै ठूलो सहयोग गरेको थियो । यसलाई जागिर भन्दापनि अवसरको रूपमा लिएर हाम्रो टिमले निकै मेहेनत ग¥यो । अहिले तीनहजार एक सयबाट चार लाख ७१ हजार परिवार भएका छौँ ।सानोबाट ठूलोमा जाँदा गुणस्तर घट्ने जोखिम सधैँ हुन्छ । तर हामीले संख्यामा मात्र नभएर परियोजनाको विस्तारसँगै विभिन्न कमिटी बनाएर, सबैलाई समेटेर पारदर्शी पनि बनाएर गुणस्तरसहित विस्तार गरेका छौँ ।
प्रभावकारिताको हिसाबले प्राविधिक पक्षदेखि, सामाजिक रुपान्तरणको क्षेत्रमा आधारशिला लगायतका कुरालाई निरन्तर परिमार्जित ग¥यौं । क्रियाकलापलाई अझ विस्तार ग¥यौँ । १४ वटा बैँक तथा वित्तिय संस्थासँग सहकार्य गरेका छौँ, जसबाट २ अर्ब रुपैयाँ सस्तो ब्याजमा सुलभ कर्जा वितरण भएको छ । किसानले आफूले गर्नसक्छु जस्तो लागेपछि पुँजी खोज्दो रहेछ, त्यो पुँजीसँग जोड्ने काम पनि हामीलेनै गरेका छौँ । पहिला सहकारी थिएन, अहिले सहकारी बनाएका छौँ। आर्थिक पक्षदेखि बजारिकरणमा झन ठूलो सहयोग पुगेको छ । कार्यक्रमको गुणस्तरको हिसाबले र पारदर्शिताको हिसाबले पनि ठूलो फड्को मारेका छौँ ।
नेतृत्व लिएर ग्रामीण विकासमा काम गर्दा आएका जटिलतालाई कसरी ‘नेभिगेट’ गर्र्नुहुन्छ, कस्तो रणनीतिसबैभन्दा प्रभावकारी हुनेरहेछ ?
पहिलो जटिलता साना किसान अथवा कमजोर आर्थिक अवस्था भएका किसानहरू नै हो, उनीहरूलाई धनी वा मध्यमवर्गको किसानलाई जस्तो चाँडै आर्थिक सुधार ल्याउन कठिन रहेछ । उनीहरूसँग काम गर्दा आउने मुख्य समस्या जीवनस्तर र आर्थिक अवस्थानै हो । किसानले बाख्रा पाल्छु भन्नकै लागि पनि उनीहरूसँग गोठ बनाउने र घाँस लगाउने जग्गा पनि छैन । हामीले स्थानीय सरकारसँग सहकार्य गरेर किसानलाई जग्गा उपलब्ध गरायौँ । विभिन्न प्रविधि पनि विस्तार गर्दै लग्यौँ । त्यसलाई समाधान गर्न पुरुषलाई पनि सहभागी गराउने परिपाटीको विस्तार ग¥यौँ, जसले दुवैसँग काम गर्न सहज हुने र पूरै घर परिवारलाईनै सहभागी गराउन पनि सहज भएको छ ।
बजारको व्यवस्थापन नहुनु तेस्रो ठूलो चुनौती हो । किसान र बजारको बीचमा बिचौलियाको वर्चश्व हुने गरेको छ । ग्रामीण क्षेत्रका किसान आफैँ संगठित पनि छैनन् । बढी दुःख गर्ने किसान र कम मुनाफा पाउने पनि किसाननै हुन् । हामीले इनपुट, प्रविधिदेखि मार्केटसम्म पनि किसानको सहभागिता बढायौँ । बिचौलियालाई पनि विस्थापित नगरी सबैले स्पेस पाउने गरी व्यवस्थापन गर्ने काम गरिराखेका छौँ । किसानको उत्पादनलाई ब्रान्डिङ गर्नेकाम पनि गरिराखेका छौँ ।
यी सबै काम गर्न हामीले स्थानीय सरकारसँग सहकार्य विस्तार गरेका छौँ । स्थानीयसँग सहकार्य गर्न पनि राज्यका संयन्त्र त्यति अभ्यस्त छैनन् । जनता र स्थानीय सरकार लाभान्वित भएको र कामले प्रभाव देखाएको भएर पनि अझ काम गर्न सहज भएको छ । केही समस्याहरू त अझै पनि छन् । तर हामीले सहकार्यबाट केही हदसम्म यस्ता समस्या चिर्दै गएका छौँ । यसलाई अझै प्रभावकारी बनाउँदै विस्तार पनि गर्दै लानेछौँ ।
हेफर इन्टरनेशनलले ८० औँ वार्षिकोत्सव मनाउँदै गर्दा नेपालमा यसको सबैभन्दामहत्वपूर्ण उपलब्धि के मान्नुहुन्छ ?
हेफरको सुरुवात दोस्रो विश्वयुद्धको समयमा बाबाआमा गुमाएका बालबालिकालाई दूध बाँढेर सुरु भएको हो । त्यसपछि युद्ध भएका, गरिबी र सामाजिक पछौटेपन भएका ठाँउमा पनि यसले सहयोग ग¥यो । पछि ‘भोकालाई भोजन हैन् जीउने जुक्ती सिकाऊ’भन्ने नारा लिएर गाईनै वितरण गरेर विस्तार ग¥यो । हामीले त्यो उपहार प्रदान एउटा परिवारबाट अर्को परिवार, परिवारबाट समूह, समूहबाट समुदाय र समुदायमात्र नभइ एउटा देशबाट अर्को देशसम्मनै पुगिसकेको छ । नेपालको हकमा हेफरले गरेको उपलब्धिलाई हेर्ने हो भने हामीले काम गरेका समुदाय आर्थिकसँगै सामाजिक न्यायका हिसाबले पनि नमुना छन् ।
त्यहाँ जाति, वर्ण, राजनीतिक आस्था, लैङगिक र आर्थिक भेदभावलगायत संर्कीण सोच उन्मूलन भएका छन्, बाँकी छ भने न्यूनीकरण भएका छन् । यति ठूलो एकता कायम भएको छ, त्यही कारणले विकासका अरु थप काम गर्न आधार तयार भएको छ । विविधतालाई सम्मान गर्न थालेपछि त्यसले धेरै कुरा समाधान गर्छ । पाँच लाखभन्दा बढी परिवारलाई हामीले कर्तव्यबोध गराएका छौँ ।
यसअवधिमा नेपालमा पशुपालनको क्षेत्रमा साना किसानका लागि, साना किसानमैत्री प्रविधि विकास गरेका छौँ । साना किसानपनि कृषिबाटै बाँच्न सक्छन् भन्ने वातावरण स्थापित गरेका छौँ । सही प्रविधि ल्याएर उपयुक्त किसिमको दृष्टिकोण ल्याइयो भने साना किसानले पनि निकै राम्रो उत्पादन गर्न सक्छन् र, उनीहरूले आयात प्रतिस्थापन गर्न सक्छन् । देशको अर्थतन्त्रलाई पनि सहयोग गर्न सक्छन् र आफूलाई चाहिने आम्दानी पनि आफैँ बढाउन सक्छन् भन्ने वातावरण स्थापित गरेका छौँ । साना किसानको यति ठूलो संख्यामा कार्यविधिले काम गर्ला भन्ने विश्वास थिएन । तर काम गर्दै जाँदा भयो ।
हामीले खसिबोकामा आत्मनिर्भर बनायौँ । दूधमा आत्मनिर्भर बनाउने तयारीमा छौँ । तरकारीको हकमा पनि फरक किसिमको अभियान चलाएका छौँ । संसारभर हेर्नेहो भने ७० प्रतिशत खाद्यवस्तु साना किसानहरूबाटै जान्छ । हाम्रो देशमा साना किसानमैत्री काम भएन भने त कृषि क्षेत्रमा परिवर्तन नै हुँदैन ।
गाँउगाँउमा थुप्रै संस्थासहित हाल २९३ सहकारी संस्थामध्येबाट एउटै संस्थाबाट धेरै सेवा दिने संस्थाका रूपमा स्थापित छन् । कृषिको काम गर्न अन्यत्र कृषि कार्यालयमा, भेटेनरीको काम गर्न भेटेनरी कार्यालयमा, स्वास्थ्यको स्वास्थ्य संस्थामा जानुप¥यो । तर, त्यसमा हेर्ने हो इनपुटदेखि बजारीकरणसम्म बैंकिङको काम, बीमा र कृषि प्राविधिक सहयोगलगायतका अन्य काम पनि एउटै ठाँउमा हुने गरेको छ । यस्ता संस्थाहरूले सरकार र किसानको बीचमा संयोजकको रूपमा पनि काम गरिराखेका छन् । यो हाम्रो उपलब्धी हो ।
समग्रमा हेर्ने हो भने हेफर इन्टरनेशनलले आधुनिक कृषिको उत्पादनमा ठूलो क्रान्ति नै गरेको छ र एउटा छुट्टै प्रभाव ,सफलता हासिल गरेको छ । किसानहरुलाई उत्पादन गर्न मात्र सिकाएको छैन उत्पादनको लागि चाहिने प्रविधि र बजार व्यवस्थापन समेत सिकाएको छ । यसले गर्दा कृषिक्षेत्रमै उनिहरुको भविष्य सुनिश्चित गरिदिएको छ । हेफरका परियोजनाहरु प्रभावकारी बन्दै गएका छन । यसले हेफरलाई अझ बढी हौसला र प्रेरणा पनि मिलेको छ ।
अन्त्यमा, हेफरको यहाँ सम्मको यात्रामासहयोग गर्नु हुने दातृनिकाय,सरकारका तीनै तह,विभिन्न संघसंस्था,स्थानिय बासिन्दा हेफर परिवार र सम्पूर्णमा थप साथ सहयोगको लागि आभार व्यक्त गर्दै आगामि दिनमा थप सल्लाह सुझावको आपेक्षा राखेको छ ।
(राष्ट्रिय निर्देशक डा. रेग्मीसँग हेफर इन्टरनेशनल नेपालकी प्रशिक्षार्थी बस्नेतले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया