Logo

समाचार

आज बिहान भूकम्पको धक्का



काठमाडौं । लमजुङमा सोमबार (आज) बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ। 

सदरमुकाम बेसीसहरसहित  हिमाली जिल्ला मनाङ आसपासका जिल्लामासमेत धक्का महसुस भएको थियो। 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : ५७ बजे