Logo

खेलकुद

चाइनिज सुपर लिग फूटबल एक्सन स्पोर्ट्स एचडी १ मा हेर्न पाइने



चाइनिज सुपर लिग फूटबलअन्तर्गत प्लेअफदेखिका खेलहरू नेपालमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार एक्सन स्पोर्ट्स एचडी १ लिएको छ । यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत मंसिर २६ गते (आइतबार) देखि सुरु हुने प्लेअफका खेलहरू एक्सन स्पोर्ट्स एचडी१ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।

पहिले चाइनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फूटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिगको नामबाट शुरू भएको थियो । चाइनिज सुपर लिगको उपाधि निम्ति यस सिजनमा कुल १६ टीमबीच प्रतिस्पर्धा हुँदैछ ।

चाइजिन सुपर लिगलाई दर्शकहरूका लागि मात्र नभइ अहिले विश्वप्रसिद्ध खेलाडीहरूका लागि पनि आकर्षक लिगका रूपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सनजस्ता विश्वस्तरीय खेलाडीहरू विभिन्न क्लबहरूबाट प्रतिस्पर्धा गर्दैछन् ।

ला लिगा, एफए कपको नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एचडी१ र एचडी२ च्यालनमार्फत विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलहरू प्रशारण गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ३६ बजे