Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)



२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।

जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावलीको सूची हेर्नुस् । यहाँ क्‍लिक ‍गर्नुहाे।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ४२ बजे