Logo

Breaking News 1

‘सामाजिक संजालले खीर दिवसको महत्त्व थप बढाएको छ’


१५ श्रावण २०८१, मंगलबार  

92
Shares

खीर दिवसलाई पर्र्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खीर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खीर बनाउने र सेवन गराउने चलन बसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ ।

साउन १५ मा खीर खाने दिनलाई हाम्रा पुर्खाहरुले सन्तुलित आहारको लागि लिएको मान्न सकिन्छ । खीर दैनिक खान नसकेतापनि साउन १५ मा खाने परम्परा ंसंस्कृतीको रुपमा थियो, पछि यसलाई दिवसमा रुपमा मान्न थालिएको हो ।

विशेषगरी असार साउनमा खेतबारीमा झरीमा रुझ्दै बलपूर्वक काम गर्नुपर्ने, जसका कारण चिसो लाग्ने र हिलोमा काम गर्ने हुँदा घाउ, खटिरा लाग्ने भएकाले त्यसको न्यूनिकरणका लागि खीर खाने परम्परा बसेको भन्ने बुझ्न सकिन्छ । खीरमा प्रयोग गरिने मरमसलाका कारण चिसो हट्ने, रोगसँग लड्ने शक्ति वा क्षमता वृद्धि हुने मान्यताका कारण परम्पराका रुपमा खीर दिवस मनाउन थालिएको बुझिन्छ ।

खीरमा चामल मिसाइने भनेकाले हामीले यसलाई प्रसादका रुपमा ग्रहण पनि गरिन्छ । पूजाआजामा पनि चामल नचल्ने तर खीर बनाएपछि चल्ने हुन्छ । त्यसैले पनि खीर अत्यन्तै मौलिक आहार अन्तर्गतको खाद्य पदार्थ हो । सँधै सेवन गर्न नसकेता पनि साउन १५ मा चाडको रुपमा सेवन गरेर भएता पनि शरीरलाई आवश्यक पर्ने तत्वहरु पूर्ति होस भनेर दिवसका रुपमा मानिएको अनुमान सहजै लगाउन सकिन्छ । पछिल्लो समय युवा पुस्ताले यसलाई चाडको रुपमा लिने गरेको छन् ।

सामाजिक सञ्जालको प्रयोगले पनि खीर खाने दिनलाई अलि वढवा दिएको पाइन्छ । पहिले पहिले खीर खाने चलन घर घरमा परम्पराको रुपमा स्थापित थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट सबैले खीर खानुपर्ने रहेछ, यो एउटा चलन रहेछ , परम्परा रहेछ स्वीकार्न थालिएको छ । कहिल्यै दुग्ध पदार्थ सेवन नगर्ने अथवा खीर नखानेहरुले पनि साउन १५मा खीर खाएर मनाउने गर्नुहुन्छ ।

खीर खाने दिनले गाईभैंसी पालनप्रति मानिसहरुलाई प्रेरित पक्कै गर्छ । गाईभैसीबाट दुध उत्पादन हुन्छ त्यो उत्पादन विक्री भएपछि सहर बजारबाट प्राप्त रकम गाउँमा नै जाने हो । अहिले पनि दैनिक ३१ लाख लिटर दुधको रकम गाउँ गाउँसम्म पुग्छ । साउन १५ खीर खाने बेला लगभग एक करोड लिटरजति दुध खपत हुन्छ । अन्यबेला पनि ९३ लाख लिटर दुध खपत हुन्छ ।

त्यो बापतको जम्मा ६५ करोडको आर्थिक कारोबार हुन्छ । त्यो भनेको किसानहरुको लागि पनि राम्रो प्रोत्साहन हो । किनकी जतिपनि दुग्ध पदार्थ उपभोग गछौं त्यो गरिसकेपछि किसानहरुलाई पशुपालन गर्न प्रोत्साहित पक्कै गर्छ । हामीले आँकडा निकाले अनुसार एक करोड लिटरजति दुध खपत हुने अनुमान गरिएको छ । यो बापतको ६५ करोडसम्म कारोबार हुन्छ ।

विगत १ गतेदेखि दुधको संकलन विस्तारै बढाउँदै लगेका छौं । किनकी एकै दिनमा यो सम्भव हुँदैन् । सबै डेरीहरुले दैनिक विक्री गर्ने दुधभन्दा तीन गुण बढी विक्री गर्नुहुन्छ । पछिल्लो समयमा हामी एकदमै अप्ठ्यारो अवस्थामा छौं । हाम्रा गाउँघरहरु रित्तिएका छन् । युवा पुस्ताहरु गाउँमा छैनन् । जेष्ठ नागरिकमात्र हुनुहुन्छ । उहाँहरुले मात्र गाइभैंसी पाल्न सक्नुहुँदैन् । र विस्तारै सहरमा बसाँइसराईको तर्खरमा हुनुहुन्छ । त्यसैले गाउँघरका बस्ती उजाड भएका छन् । गोठहरु खाली भएका छन् । मानिसहरु सहर केन्द्रीत भएका छन् । जुन कुरा पशुपालनको लागि राम्रो होइन । किनकी पशुपालन गर्दाखेरी सहरमा होइन गाउँमा नै गर्नुपर्छ । सहरमा चरणको लागि जग्गा हुँदैन् । घाँसदेखि सबै कुरा सहरमा किनेर नै खुवाउँनुपर्छ ।

दुधको उत्पादन लागत पनि बढि हुन्छ । किसान र उपभोक्ता दुबैलाईं अप्ठ्यारो हुन्छ । त्यसैले पशुपालन विस्तारै गाउँघर तिर नै लैजाने कुरामा जोड दिनुपर्छ । खीर खाने दिनमा चाँही अन्य दुग्धजन्य पदार्थको विक्री खासै हुँदैन् । खीरमा प्रोटिन अलि बढि हुने भएकाले एकै दिन बढि खानु हुँदैन् भनेर पनि हो । खीरलाई तरकारी चाहिने भएकाले तरकारी विक्री बढ्न सक्छ ।

खीर दिवसलाई पर्र्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खीर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खीर बनाउने र सेवन गराउने चलन बसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ । छोराछोरीहरुलाई पनि परम्पराबारे बताउने गर्नुपर्छ । अनि मात्र भावी पुस्ताले यस दिनलाई निरन्तरता दिन सक्छन् ।

पहिला महिना वा १५ दिनमा एकचोटी घरमा खीर खुवाउने चलन रहेको थियो । पछिल्लो समयमा मिडिया, सामाजिक सञ्जालको प्रभाव र सञ्चारकर्मीहरुले यसलाई एउटा परम्पराको रुपमा स्थापना गराउनको लागि महत्व दिनु भएको कारणले अहिले सबै ठाँउमा, विशेषगरी युवापुस्तामा पनि खीर खाने परम्परा बस्दै गएको छ । यसका साथै कार्यालय, विद्यालय, हस्पिटल सबै ठाँउमा साउन १५ गते खाजाको रुपमा खीर नै खाने चलन विगत धेरै वर्षदेखि चलिआएको छ ।

यसको प्रभाव सामाजिक सञ्जालले गर्दा नै आएको हो । यसकारण किसान र व्यवसायीहरुको तर्फबाट सबै मिडियाकर्मीहरुलाई धन्यवाद भन्न चाहन्छु । खीर खाने परम्पराको इतिहासको कुरा गर्दा ठ्याक्क मिति त भन्न सकिदैन् ।

तर धेरै पहिलादेखि नै मानव बस्तीको सुरुवात भएर खाद्य पदार्थहरु सेवन गर्नेक्रममा दूधजन्य पदार्थ सेवन गर्ने चलनसँगै खीर खाने गरिएको अनुमान लगाउन सकिन्छ ।

यसपाली हामीसँग धूलो दूध स्टकमा रहेकाले भारतीय बजारबाट दुध आयात गर्नुपर्ने अवस्था छैन् । धूलो दूध भनेको खान नमिल्ने होइन यो दूधबाट नै बनेको हुनाले यसलाई प्रयोग गर्न सक्छौ ।

प्रल्हाद दाहाल
अध्यक्ष
नेपाल डेरी एसोसिएसन

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : २६ बजे