Logo

समाचार

‘मझदारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नै पर्ने अवस्थामा म पुगेँ’: रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू उम्मेदवारीबाट पछाडि हटेको स्पष्ट पारेका छन् ।

विज्ञप्ति जारी गर्दै पौडेलले प्रजातन्त्रका मुल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयास गरिरहँदा पनि मैदानबाट बाहिर जानुपर्ने अवस्था आएको बताएका छन् ।

“चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु,” उनले भने, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ ।” 

उनले कांग्रेसलाई सत्ताको भर्याङ सीमित भइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको बताए।

मैदानबाट बाहिर भएपनि आफू इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहने उनको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५६ बजे