Logo

मुख्य समाचार

भूपेन्द्र बडुवाल हत्या प्रकरण: ९ जना पुर्पक्षका लागि कारागार चलान



काठमाडौं । कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य ३ जना भने धरौटीमा छुटेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गरीएको बताउनुभयो ।

लम्कीचुहा नगरपालिकाका महेश रावल, धिरज भन्ने दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्कीचुहाकै कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिकाका प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका बस्ने रोहित आले र टीकपुरकै शोहन शाहलाई कारागार चलान गरिएको हो ।

९ जना अझै फरार छन ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ४० बजे