Logo

मुख्य समाचार

उम्मेदवारको टुंगो लगाउन नसकेपछि पौडेलले भने, ‘म सभापति लड्दिँन’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा नलड्ने बताएका छन् ।

पौडेलकै निवास बोहोराटारमा भएको पौडेल पक्षीय बैठकमा उनले सभापतिमा नउठ्ने बताएका हुन् । पौडेलले शेरबहादुर देउवाको विकल्पमा एक जना मात्रै सर्वसम्मतीमा सभापति उठ्नु पर्ने बताउँदै आएका छन् ।

आफ्नो टिममा उम्मेदवार छनौट हुन नसकेपछि पौडेलले सभापतिमा नलड्ने बताएका हुन् । उनले आफ्नो टिममा एकजनामात्रै उमेदवार हुनुपर्ने, जसको नाममा सहमति जुट्छ उसैलाई स्वीकार गर्नुपर्ने बताएका थिए ।

वरिष्ठ पौडेलसँगको छलफलमा नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे बसेका थिए।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : २२ बजे