Logo

Breaking News 1

काठमाडौं उपत्यकामा विशेष पोलियो खोप अभियान आजदेखि



काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ । साउन १२ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । 

निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ११ बजे