Logo

अर्थ

नाडाको अध्यक्षमा थापा निर्वाचित



काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् ।

थापाले कुल १४ सय १३ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित भएका हुन् । चौधरीले १३ सय ४७ मत पाए ।

थापा फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् भने चौधरी सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् ।

निर्वाचनमा २७ सय ८८ मत खसेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : १५ बजे