Logo

समाचार

देश बनाउन अर्थमन्त्री शर्मा जस्ता ५ भिजन भएका मन्त्री भए पुग्छ : प्रधानमन्त्री देउवा



काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा मेहनती भएको टिप्पणी गर्दै अर्थ मन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएको हुन् ।

 ‘हाम्रो अर्थ मन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ, भिजन पनि भएको व्यक्ति हो उहाँ ।’ प्रधानमन्त्री देउवाले भने

उनले कोभिड–१९ महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । देउवाले भने, ‘कोभिडको समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

नेपालमा फैलिएको महामारीलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य भएकाले यसलाई पालना गर्नुपर्ने देउवाले बताएका छन् । उनले सबैले हातेमालो गरिदिए  छिट्टै यो महामारीबाट मुक्त हुन सक्ने आशा ब्यक्त गरेका छन् । कोरोना महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेको पनि देउवाले बताएका छन् ।

मुलुकमा बिकास लगाएत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको उनको भनाई छ । उनले सवै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहराए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजि क्षेत्रलाई आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : २८ बजे