Logo

मुख्य समाचार

हत्या आरोपमा २ जना पक्राउ



२३ मंसिर,  भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट र प्रेमलाई बुधबार बिहान ०९:४५ बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ०९ बजे