Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: मतदानका लागि मतपत्र नै प्रयोग गरिने



काठमाडौंमा । काठमाडौंमा शुक्रबारबाट सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मतदानका लागि मतपत्रकै प्रयोग हुने भएको छ ।

बिहीबार पार्टी कार्यालयमा सानेपामा बसेको १३औं निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनमा मतपत्रको नै व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकमा डिजिटल भोटिङ नगरिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १० : ३३ बजे