Logo

मुख्य समाचार

तीन प्रस्ताव पारित गर्दै सकियो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौं । तीन प्रस्ताव पारित गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकमा पदाधिकारी संख्या थप गर्ने विषयमा भने कुनै निर्णय भएन । यसअघि बैठकले केन्द्रीय सदस्य संख्या तथा पदाधिकारीको सख्ंया बढाउने बताइएको थियो ।

बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह बैठकमा नगएपछि पदाधिकारी संख्या थप्ने विषयमा छलफल नभएको बताइएको छ ।

नेता पौडेलले महाधिवेशनको मुखमा केन्द्रीय समिति बैठक बोलाएर विधान परिवर्तन गर्न खोजिएको भन्दै बैठक बहिष्कार गरेका थिए । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४५ बजे