Logo

मुख्य समाचार

‘सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्छ’: मन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्ने बताएकी छिन् ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनु पर्ने बताएकी हुन् ।

मन्त्रि भुसालले यसका लागि विद्युतिय साधनको उपयोग पनि बढाउनुपर्ने बताइन् । मन्त्रि भुसालले जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।

सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितीमा पुगेको उनले बताइन् ।

मन्त्री भुसालले केही सामुदायिक संस्थाका उपभोक्ताहरुले आफूलाई संस्थाबाट अलग बनाइ नेपाल विद्युत प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताइन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : १९ बजे