Logo

मुख्य समाचार

बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु



काठमाडौं । बाजुरामा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको ट्रक जगन्नाथ गाउँपालिका–६ काप्री स्थित गर्जेगाड भिरबाट ट्रक खस्दा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रकका चालक बाँकेका ४२ वर्षीय मोहन जोशी र सहचालक विपी शाही रहेका छन् ।

के कति कारणले दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४९ बजे