Logo

समाचार

‘सहमतिमै नेतृत्व चुन्न प्रयास जारी छ’: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।

कांग्रेस नेता डा. प्रकाशशरण महतको पुस्तक विमोचन कार्यक्रमलाई आज सम्बोधन गर्दै सभापति देउवाले सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेको बताउनु भएको हो ।

सहमति हुन नसके आफूहरु प्रजातान्त्रि अभ्यासबाट नै अगाडि बढ्ने देउवाले बताए । प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रतिस्पर्धामा हुने जित हारलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

प्रतिस्पर्धाबाट हुने जित, हारलाई हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्ने उनको भनाई रहेको थियो । देउवाले कांग्रेसको महाधिवेशन पार्टीका लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविस्यका लागि पनि अत्यन्तै महत्वपूर्ण हुनसक्ने बताउनुभयो ।

महाधिवेशनप्रति सबैको उत्साह रहेको भन्दै महाधिवेशन सफल पारेर पार्टीलाई बलियो बनाउँदै भोलिको आम चुनावमा पहिलो पार्टी बनाउने काममा लाग्न आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४९ बजे