काठमाडौं । महाधिवेशनको मुखमा रहेको नेपाली कांग्रेसको आज केन्द्रीय समिति बैठक बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकबाट पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्ने तयारी रहेको बुझिएको छ ।
सहमहामन्त्री र उपसभापतिको संख्या थप गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्ने तयारी भएको जनाइएको छ ।
कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री र दुई जना उपसभापति रहने व्यवस्था छ । साथै भोलिदखि काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ ।
देउवा पक्षका नेता र पौडेल पक्षका नेता नेताहरुले खुला सहमहामन्त्री पद थप गर्नुपर्ने आवाज उठाइरहेका छन्।
खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग भइरहेको हो ।
प्रतिक्रिया