Logo

मुख्य समाचार

कांग्रेस १४औं महाधिवेशन: कार्यतालिकामा हेरफेर, २७ गते ८ बजेदेखि मतदान



काठमाडौं: नेपाली कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै कार्यतालिका संशोधन भएको जानकारी दिएको छ।

संशोधित कार्यतालिका अनुसार मसिंर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिनेछ। २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्दा र ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ गरिने संयोजक घिमिरले जानकारी दिएका छन्। 

त्यस्तै २५ गते बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गरिने, राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने छ। त्यस्तै मंसिर २६ गते ११ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ। त्यसपश्चात सोही दिन १२:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ।

घिमिरेका अनुसार मतदान मंसिर २७ गते विहान ८ बजेदेखि सुरु हुनेछ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : २४ बजे