Logo

समाचार

पौडेल समूहको बैठक चाक्सिबारीमा, उम्मेदवार टुंगो लगाउन सकस



काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक प्रकाशमान सिंहको निवास चाक्सिबारीमा सुरु भएको छ।

पार्टीको १४औं महाधिवेशनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो। आकांक्षी नेताहरु सहमतिको प्रयासका लागि बैठक बसेको नेता गगन थापाले बताए।

उनले भने ‘छलफल गरेर साझा उम्मेदवार तय गर्न नेताहरुलाई भनेका छौं। बैठकमा केन्द्रीय सदस्यहरु र वरिष्ठ नेताको सहभागी हुन्छन,।

संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न सकस नै परिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : १० बजे