काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको आराेप लगाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’।।। लगायत अनेक भनेका छन् ।’
उनले धम्की आएपछि हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको समेत बताएका छन् ।
प्रतिक्रिया