Logo

अर्थ

आर्थिक अवस्था होइन, ऋणीहरुको अवस्था विग्रिएको छ : गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक अवस्था होइन् ऋणीहरुको अवस्था नराम्रो भएर समस्या आएको बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिको सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले दिएको ऋणले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सही किसिमले आउन नसकेकाले समस्या बढेको बताए ।

उनले भने, ‘हाम्रो आर्थिक अवस्था होइन्, ऋणीहरुको अवस्था नराम्रो छ । लिएको ऋणको सदुपयोग गर्नुपर्ने र ऋण दिएको रकमले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सहि किसिमले आउन सकिरहेको छैन् । त्यसमा गम्भीर हुनुपर्छ ।

यस्तै, उनले नेपालको अर्थतन्त्रमा केही कमजोरी नभएको भन्दै समय अनुसार नयाँ प्रविधिहरुको साथ अगाडि बढ्न नसकेको कारणले व्यापार व्यवसायमा असर परेको बताए ।

उनले भने, ‘ऋणमा डुबेको छ भने त्यसबाट बाहिरिन खोज्नु वा त्यसमा सहजता खोज्नु स्वभाविक नै हो । अहिलेको सबैभन्दा ठूलो समस्या भने मनोबल कमजोर हुनु हो । नभए नेपालको अर्थतन्त्रमा केही कमजोरी छैन् । केही कुराको खाँचो छैन् । हिजोको परम्परागत तरिकाले नै काम गर्न खोज्दा स्वभाविक रुपमा व्यवसायमा असर पर्छ । किनभने नयाँ प्रविधिहरु आइरहेको छ, सुविधा धेरै खोजिरहेका छौ । त्यसको फलस्वरुप हामी समय अनुसार चल्न सकेनौ भने हाम्रो व्यवसायलाई पनि असर पर्छ । त्यही असर यहाँ पनि देखिएको हो ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : ११ बजे