Logo

मुख्य समाचार

जातजातिका नाममा सुरक्षाकर्मीको रगत बगाउने राजनीति नगरौं : नेता शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातजातिका नाममा सुरक्षाकर्मीको रगत बगाएर राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाईको रगत बगाएर राजनीति गर्न नखोज्न चेतावनी दिएका हुन् ।

उनले भने,‘जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्ट्रमबाट नहोस् । जातिकै कुरा गर्ने हो भने रुकुममा नवराज विकको हत्या राजाको पालामा भएको हो ? यही गणतन्त्र हुँदा हो नि । माओवादी सरकारमा थियो, त्यसैबेला भएको हो । अहिलेसम्मकै जातीयताका लागि मान्छे मारेको ठूलो घटना हो । हाम्रो जात एउटै छ, नेपाली । देश एउटामात्रै छ, नेपाल । हामीले जात जातिलाई टुक्राएर राजनीति गर्नु छैन । जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाइको रगत बगाएर राजनीति गर्न नखोज्नुस् । बरु राजनीतिकबाट सन्यास लिनुस् ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ४८ बजे