Logo

मुख्य समाचार

सिमलताल पहिरो : यात्रुहरुको पहिचान खुल्यो, ७५ सुरक्षाकर्मी सक्रिय



चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ ।

प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । पहिचान खुलेका यात्रुको नाम ठेगाना आउन बाँकी छ ।

काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।

यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए । तर, सो बसमा बीच बाटोबाट यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन ।

उक्त स्थानमा जि.प्र.का. चितवन, जि.ट्रा.प्र.का.चितवन, इप्रका मुग्लिन र प्रहरी चौकी जुगेडीबाट ७५ जनाको प्रहरी टोली खटी गई खोज तथा उद्दार भइरहेको छ । उक्त उद्धार कार्यमा नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मी सक्रिय छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ३० बजे