Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित अमरेशकुमार सिंह



काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

आफू महाधिवेशन प्रतिनिधिमा पराजित भएको सिंहले बताएका छन्।

सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट छन्। सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो। क्रियाशील सदस्यताकै विवादले यहाँ पटकपटक कार्यकर्ताबीच झडप र प्रहरीले हवाइफायरसमेत गर्नुपरेको थियो।

सिंह पक्षका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५१ बजे