Logo

Breaking News 1

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै, पाउलान् त मत ?  



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : ४० बजे