Logo

मुख्य समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने भएका छन् ।

शाहीले भूगोल कोटाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

मंसिर २४ गतेदेखि २७ गतेसम्म कांग्रेसको महाधिवेशन काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ४३ बजे