Logo

अर्थ

चार दशमलव ६२ अंकले घट्यो नेप्से



काठमाडौं । आज(सोमबार) सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ४ दशमलव ६२ अंकले घटेर २१३६ दशमलव ३५ को विन्दुमा पुगेको छ ।

आइतबार ३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र अन्य कम्पनी सामान्य बढ्दा १० वटा घटेको छ । आज सर्वाधिक घट्नेमा होटेल र पर्यटन रहेको छ । एनआरएन इनफ्रास्ट्रक्चर कम्पनीको कारोबार सर्वाधिक भएको छ ।

आज समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एसिया डिभेन्चरले ६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सिन्धु विकास बैंक र डोर्डी खोला जल विद्युत् कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ७६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ३० अंकले घटेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ५६ बजे