काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा एभर्टनले आर्सनललाई पराजित गरेको छ ।
आर्सनल एभर्टनसँग २–१ ले गोल अन्तरले पराजित भएको हो । एभर्टनको मैदानमा भएको खेलको ४५ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिए ।
दोस्रो हाफको ७९ औं मिनेटमा एभर्टनका रिचार्लीसनले बराबरी गोल गरे । इन्जुरी समयमा डेमाराई ग्रे ले एक गोल गर्दै भएटर्नलाई विजयी गराए ।
जितसँगै १५ खेलबाट १८ अंक जोडेको एभर्टन तालिकाको १२ औं स्थानमा उक्लिएको छ । २३ अंक जोडेको आर्सनल सातौं स्थानमा रहेको छ ।
लिगमा ३५ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ३४ अंकसहित लिभरपुल दोस्रो तथा ३३ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया