Logo

मुख्य समाचार

मनिष झाको प्रश्न : ‘व्यापारीको पुगेर हस्ताक्षर गर्ने अनि देश भविश्य खोज्ने ?’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीले राजीनामा नदिएर संसदीय अभ्यास र नैतिकता विपरित जानुभयो भनेर राखिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले यसवर्ष प्रधानमन्त्री नबन्ने भनेर गएको १० घण्टामा कुनै व्यापारीकोमा पुगेर हस्ताक्षर गरेको र देशको भविष्यको खाका कोरेको भन्दै त्यही पार्टीको सांसदले नैतिकताको प्रश्न उठाउन नमिल्ने बताए ।

‘संसदीय अभ्यास विपरीत गएर कुनै काम गरिएको छैन् । १९ गते राजीनामा बुझाउनुभयो । त्यसबाट ३० दिन गणना गर्न हो भने जुन २८ गते समय लिइँदैछ । थप २१ दिन लिन पाइन्छ । तर लिएको छैन् । किन तर्सिनुभएको ? नतर्सिनको लागि अनुरोध गर्दछु,’ उनल भने ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : २३ बजे