Logo

मुख्य समाचार

बेचन झा प्रकाउ परेपछि राजनीतिक चलखेल भयो : प्रमुख सचेतक परियार



काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको उनको भनाइ छ । “नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेस गरिएको अभियोगपत्रमा प्रतिवादी नबनाइएको झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो,” उनले भने ।

प्रमुख सचेतक परियारले सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर राजनीतिक चलखेल गरेको आरोप लगाए । अविलम्ब झाको फाइल अघि बढाउन सरकारसँग अनुरोध गरे । साथै उनले आगामी सरकारलाई पनि बेचन झाले चैन नदिने उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : २० बजे