Logo

मुख्य समाचार

राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको माग



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ ।

आइतबार बसेको संसदीय दलकोको निणर्य सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नणर्य गरिरहेको बताए ।

उनले भने, ‘यो सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परिसकेको छ । तर अझै पनि राजीनामा दिएको अवस्था छैन् । त्यसैले बैठकले अविलम्व राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि बैठकले माग गरेको छ । अहिले सरकारले अल्पमतमा परेर पनि विभिन्न निणर्य गरिरहेको छ भनेर बाहिर आएको छ । सरकारले निणर्य गर्ने हैसियत राख्दैन । यसरी निणर्य गर्ने राष्ट्र हित विपरीत हुन्छ । त्यसैले हाम्रो पहिलो माग अहिलेको अहिल्यै राजीनामा माग्नु हो । उहाँले विश्वासको मत लिने भन्नुभएको छ । विश्वासको मतको विपक्षमा मतदान गर्ने निणर्य गरेका छौं ।’

उनले १० दिन समय माग्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहनुभएको छ भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ३४ बजे