Logo

मुख्य समाचार

टिपरको ठक्करबाट बाबुछोराको मृत्यु



काठमाडौं  । टिपरको ठक्करबाट प्यूठानमा बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका- ३ घुर्चनेका ३५ वर्षिय अमृत थापा र उनका ४ वर्षीय छोरा सुशान्त थापा रहेका छन् । 

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्यूठानको माण्डवी गाउँपालिका- ५ स्थित चकचके-चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै थिए।

दुर्घटनामा अटोमा सवार अन्य चार जना घाइते छन्। 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ०८ बजे