Logo

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो ।

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । टी–२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ ।

बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : २४ बजे