Logo

मुख्य समाचार

लेनदेन बिगो मुद्दामा फरार राजाराम खत्री पक्राउ



काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षका राजाराम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट लेनदेन मुद्दामा एक वर्ष कैद र बिगो ५० लाख रुपैयाँ फैसला ठहर भई फरार रहेका उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा पठाइएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : २३ बजे