Logo

मनोरञ्जन

‘मायाको घर’लिएर आए रामकृष्ण



काठमाडौं । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको घर’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

स्वीकृति सापकोटाको निर्देशनमा तयार भिडियो सार्वजनिक गरिएको हो । गीतमा ढकाललाई वाल कलाकार आर्या वाणीले साथ दिएकी छिन् ।

हरि लम्सालको रचनामा तयार भएको गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका छन् । भिडियोमा सुशील खनालको छायांकन, सम्पादन र कलर संयोजन छ ।

भिडियो सार्वजनिक पछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै गायक ढकालले आफ्ना पुराना गीतहरुमा भन्दा मायाको घर फरक शैलीमा रहेको बताए । उत्कृष्ट संगीत र शब्दमा बनेको गीतको भिडियो झनै राम्रो बनेको भन्दै हेर्नका लागि सबैमा आग्रह गरे ।

शुक्रबार काठमाडौंमा आयोजित समारोहमा गायक एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकहरु यम बराल, हेमन्त शर्मा लगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : २७ बजे