Logo

मुख्य समाचार

एकीकृत समाजवादीले घोषणा गर्‍यो ९३ केन्द्रीय समिति सदस्य



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा केन्द्रीय समिति सदस्य पनि सर्वसम्मतीमा चयन हुने भएको छ । जसअन्तर्गत केन्द्रीय समितिका ९३ जनाको नाम घोषणा गरिएको छ ।

बाँकी केन्द्रीय सदस्य यही कमिटीले छनोट गर्ने बताइएको छ ।

एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी नै छ । केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

२९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र ढुंगो लगाइने उनले बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ४२ बजे