Logo

मुख्य समाचार

युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौ : मन्त्री अर्याल



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् ।

उनले भने, ‘वैदेशिक रोजगारीका लागि खाडि मुलुक जाने कामदारको संख्या दिनदिनै बढिरहेको छ । यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ । वैदेशीक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखिकरण तालिमको समेत प्रबन्ध गरेका छौं ।’

उनले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र वेरोजगार युवाहरुलाई जोड्ने पुलको काम गरेको बताए ।

मन्त्री अर्यालले सिप विकास, रोजगार सेवालगायत सबै प्रकारका श्रम तथा रोजगार सेवाहरू स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट प्रवाह भइरहेको दाबी पनि गरेका छन् ।  

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ५० बजे