काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइ रोक्न माग गरेको छ ।
प्रतावित तीन राजदूतको सुनुवाईको लागि भन्दै आज संसदीय सुनुवाई समितिको बैठक बस्न लागेको हो । भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । एमालेले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै रोक्न माग गरेको हो ।
सरकारले ११ कात्तिकमा भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्रीलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया