Logo

Breaking News 1

इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा अर्जेन्टिना



काठमाडौं ।  विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । कोपा अमेरिका फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हाे ।

अमेरिकाको एनआरजी रंगशालामा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले इक्वेडरविरुद्ध ४-२ को जित निकालेको हो । प्रतियोगिताको क्वाटरफाइनलमा र सेमिफाइनलमा अतिरिक्त समय नभएकाले खेल सोझै पेनाल्टीमा प्रवेश गरेको थियाे ।

अर्जेन्टिनाका सिसान्द्रो मार्टिनेज पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । अर्जेन्टिना समूह ‘ए’को विजेता बन्दै र इक्वेडर समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : २१ बजे