Logo

Breaking News 1

पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेकाे विभागले उल्लेख गरेकाे छ ।

अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको तथा कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

विभागलका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ०६ बजे