Logo

राजनीति

माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनेगरी कसरत भइरहेको नेताहरुले बताएका छन् ।

महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ ।

भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । सम्मानीत नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ ।

असार १६ गते उदघाटन गरिएको १०औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ३ : १४ बजे