Logo

मुख्य समाचार

प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा थप परामर्श गर्ने



काठमाडौं । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।

बिहीबर समितिले प्रधानविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए ।

उनले भने,‘उहाँहरुले आफ्नो कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । अहिलेका लागि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिने भएकोले कुन दिन भन्ने नतोकी अहिलेका लागि स्थगित भएको छ ’

निर्वाचन आयोग जस्तो संवैधानिक पदको लागि अनुमोदन गर्न पनि थप समय चाहिएको कारण विहीबार निर्णय गर्न नसकेको उनको भनाई छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  २ : ४६ बजे