Logo

खेलकुद

काभा २० वर्ष मुनिको महिला भलिबल टोलीको घोषणा



काठमाडौं । नेपाल भलिबल संघले काभा २० वर्ष मुनिको महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ ।

टोलीमा बागमती प्रदेशका ६ जना, लुम्बिनी प्रदेशका चार जना तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक÷एक खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए ।

सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए । मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् । प्रतियोगिता माल्दिभ्सको मालेमा यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ३८ बजे