Logo

Breaking News 1

पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्ताे छ दिउँसाे र रातिकाे माैसम



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ भने देशैभर केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ भने देशैभर केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभनगले जनाएकाे छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : ३० बजे