Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ असार २० गते, बिहीबार ४ जुलाई २०२४। आषाढ कृष्णपक्ष, त्रयोदशी तिथि, ५ः३७ बजेपछि चतुर्दशी। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १६ः२४ बजेपछि मिथुन ।

मेष
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला।

वृष
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।

मिथुन
आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिन्छ। बीचमा काम अड्किनाले रकम सहजै हातलागी नहुन सक्छ।
सिंह
पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कन्या
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। पेसा–व्यवसायमा कामको चाप बढ्नेछ। फाइदा कम हुनाले जोश–जाँगरमा कमी आउनेछ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्।

तुला
स्वास्थ्य कमजोर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ।

वृश्चिक
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

धनु
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

मकर
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ।

कुम्भ
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला।

मीन
नयाँअवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा फाइदा हुनेछ। साथीभाइको सहयोग जुट्नाले राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट मनग्य लाभ मिल्नेछ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : ०६ बजे