Logo

खेलकुद

टर्की र नेदरल्याण्ड्सको जितसँगै युरो कपको क्वाटरफाइनल समिकरण पूरा



काठमाडौं । युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो । गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।

जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । यता अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो ।

खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो सुरुमै अग्रता लिएको थियो । ५९औँ मिनेटमा पुनः डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढेको थियो । तर, ६६औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए ।

त्यसपछि अष्ट्रियाले लगातार पोष्टमा आक्रमण गरे पनि अन्ततः गोल गर्न नसक्द्या टर्कीले २–१ को नतिजा आत्मसाथ गर्दा अष्ट्रिया भने अघि बढ्न सकेन । यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको छ । एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले जावी सिमोन्सको पासमा गोल गरे ।

६३औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन । ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए ।

अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुने छन् । जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमने सामने हुने छन् । यसैगरी इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ५१ बजे