Logo

Breaking News 1

आजकाे माैसम : चारवटा प्रदेशमा धेरै भारी तथा ६ वटामा भारी वर्षाको सम्भावना 



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेश, प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने तबथा देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने तथा देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : १५ बजे