Logo

Breaking News 1

‘संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि सहमति बनेको हो’



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि सहमति भएको बताएका छन् । मंगलबार सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि गएर सहमति भएको सुनाए । उनले आर्थिक स्थिरता र विकास निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सहमति बनेको बताए ।

उनले भने, ‘संविधानमा आवश्यक शंसोधन लागि पनि एउटा राष्ट्रिय सहमती निर्माण गर्ने र आर्थिक स्थिती, विकास निर्माणमा देखिएको समस्यालाई अन्त्य गर्नको लागि एउटा स्थिर राजनीति, संविधानलाई समसामयिक रुपमा संशोधन गर्न सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि नयाँ राजनीतिक कोर्ष बनेको हो । दुई दलको बीचमा सँगै अगाडि बढ्ने र सरकार निर्माण गर्ने एवम आवश्यकता अनुसार अन्य दललाई पनि समावेश गर्नेगरी ाष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ ।’

उनले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने र त्यसमा अन्य पार्टीलाई सहभागी गराउने पनि बताए । उनले भने, ‘यसमा ओली र हाम्रो पार्टी सभापतिले आलोपालो नेतृत्व गर्नु कुरा भएको छ । नेतृत्व कांग्रेस र एमालेको नै हुन्छ । यसमा अरु दललाई पनि सहभागी गराउन सकिन्छ भन्ने आधारमा नै समझदारी भएको छ ।’ उनले आर्थिक विकासमा देखिएको समस्या समाधान गर्नको लागि बृहत्तर राष्ट्रिय हितमा सहमति भएको भन्दै यसलाई कार्य सम्पादन समितिको बैठले औपचारिक रुपमा अनुमोदन गर्ने बताए । यस्तै, उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको सूचना गलत भएको पनि बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ०० बजे