Logo

Breaking News 1

रास्वपा कांग्रेस–एमालेकाे गठबन्धनमा सगभागी नहुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ बन्न लागेकाे नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारमा सहभागी नहुने निर्णय गरेकाे छ ।

आज (मंगलबार) बिहान सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकमा नयाँ गठबन्धनमा सगभागी नहुने निर्णय भएकाे प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले नयाँ सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने बताए । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको बताउँदै पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनले बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : २७ बजे